संसदीय दलको वैठकका बीच गगन र सिटौला प्रधानमन्त्री भेट्न बालुवाटारमा


२७ चैत्र २०८०, मंगलवार
Gagan sitaula prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौला बालुवाटार पुगेका छन् ।

कांग्रेस संसदीय दलको वैठककै बीचमा प्रधानमन्त्री भेट्न प्रतिधिसभा सदस्य समेत रहेका कांग्रेसका महामन्त्री थापा र राष्ट्रिय सभा सदस्य समेत रहेका पूर्वमहामन्त्री सिटौला मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् । गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगी आरोप अनुसन्धान गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलले संसद् बैठक अवरोध जारी राखेका बेला प्रधानमन्त्री भेट्न कांग्रेस नेता थापा र सिटौला बालुवाटार गएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएपछि उनीहरू भेटका लागि गएको स्रोतले जानकारी दिएको छ । संसद् बैठकमा जारी कांग्रेसको अवरोध खुलाउनेबारे सभामुख देवराज घिमिरेले सोमबार चार दलबीच छलफल गराए पनि सहमति हुन सकेको थिएन । कांग्रेसले आफ्नो अडान नछाडेपछि सहमति हुन नसकेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७