प्रधानमन्त्रीको कुरा सुनिसक्यौं, गृहमन्त्रीको पर्दैन : कांग्रेस


२७ चैत्र २०८०, मंगलवार
ramesh lekhak
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ । आज (मंगलबार) बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधि सभाको बैठकमा सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गर्नेमा संलग्न रहेकाले छानबिनमा कांग्रेस एकमत रहेको बताए । ‘सरकारको बहालवालामन्त्री समेत सहकारीका रकम अपचलन गर्नेमा देखा परे । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेजी रकम अपचलनको काममा संलग्न भएकाले विषय उठाइरहेका छौं । त्यसको निष्पक्ष,स् वतन्त्र र विश्वसनीयका निम्ति छानबिन समिति गठनको माग उठाइरहेका छौं ।’ लेखकले भने, ‘कांग्रेस संसदीय दलको बैठकले कांग्रेसले गरेको माग उचित छ भन्ने ठहर गरेको छ । कांग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।’

उनले छानविन नभएर संसद अगाडि बढ्न नसक्ने धारणा राखे । उनले संसद्का काम कारबाही प्रभावित भए सरकार जिम्मेवार हुने उनको भनाई छ । गृहमन्त्रीलाई बोल्न किन नदिएको भन्ने प्रश्नमा लेखकले भने, ‘हामीले प्रधानमन्त्रीको कुरा सुन्यौँ । प्रधानमन्त्री यो सरकारको मुखिया हो । उहाँको कुरा सुनेपछि अर्को मन्त्रीको कुरा सुन्ने कुरा आउँदैन । मन्त्रीको अर्को कुरा आउने होइन किन सुन्ने ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७