कांग्रेस सांसदलाई देउवाको निर्देशन : रविविरुद्ध धेरै प्रमाण आए, खरो उत्रिनू

‘सहकारीबाट लाखौं जनता ठगिएका छन्, पछि हट्नु हुँदैन’


२७ चैत्र २०८०, मंगलवार
deuwa 1
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्दा उठाउने विषयमा पछि नहट्ने भएको छ । आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् ।

सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउँदै यस मुद्दालाई यतिकै छोड्न नहुने बताएका हुन् । उनको भनाईलाई उदृत गर्दै एक नेताले भने, ‘लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छोड्नु हुँदैन । कानुन पनि छ र उपलब्ध प्रमाणहरु गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।’

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्दालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको छ ।सभापति देउवाले गृहमन्त्री रवि लामिछानेविरुद्ध बलिया प्रमाणहरू रहेको भन्दै संसद्मा खरो रूपमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन समेत दिए ।

कांग्रेस संसदीय दलको बैठकमा दलका नेतासमेत रहेका सभापति देउवाले तथ्य र प्रमाणसहित बोल्न सांसदहरूलाई भनेका हुन् । ‘मलाई पनि थाहा थिएन । सुन्दै गर्दा धेरै प्रमाणसहित आए । तपाईंहरू पनि प्रमाणित आधारमा संसद्मा प्रस्तुत हुनुहोस्,’ देउवाले बैठकमा भनेको भनाइ उद्धृत गर्दै एक सांसदले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७