कांग्रेसको प्रस्ताव : सार्वजनिक पदमा बसेका व्यक्तिका परिवारको समेत सम्पत्ति छानबिन गरौं


२७ चैत्र २०८०, मंगलवार
cong

काठमाडौँ । सार्वजनिक पदमा बसेका व्यक्तिका परिवारको सम्पत्ति छानबिनका लागि नेपाली कांग्रेसले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

कांग्रेसका सांसद धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले सार्वजनिक पदधारण गरेका व्यक्ति र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नेपर्ने विषयबारे आज (मंगलबार) प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

गएको शुक्रवार दर्ता भएको प्रस्तावमा सुशासन कायम गर्नका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने विषयमा छलफल माग गरिएको छ । ‘विक्रम संवत् २०४७ सालदेखि विभिन्न पदमा बहाल रहेका र अवकाश प्राप्त पदाधिकारीहरूको सम्पत्ति जाँचबुझ गरी रायसहितको प्रतिवेदन पेस गर्न २०५८ साल फागुन २४ गते न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगले जाँचबुझ गरी पेस गरेको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वन गर्नु आवश्यक छ’, प्रस्तावमा भनिएको छ ।

lt
lt1
lt2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७