राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, मैदानमा घिमिरे र पुडासैनी


२८ चैत्र २०८०, बुधबार
RS KTM RSS 27 1712645353722 1

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने छन् ।

1 1

माननीय दुर्गा गुरूङले ‘माननीय सदस्य बिष्णुदेवी पुडासैनीलाइ राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् । साथै, माननीय भगवती न्यौपानेले ‘माननीय सदस्य बिमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।

साथै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले) की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन् ।

2 4

सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ । कांग्रेसकी उम्मेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । महिला क्लस्टरका सात जनामध्ये वागमती प्रदेशबाट उनी निर्वाचित भएकी हुन् । पुडासैनी ७३ वर्षीया सांसद हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७