आईपीएल : सनराइजर्ससँग पञ्जाव २ रनले पराजित


२८ चैत्र २०८०, बुधबार
panjab haidarabad

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा सनराइजर्सले पञ्जावलाई रोमाञ्चक २ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १८३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाए पछि खेल २ रनले हारेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १८२ रन बनाएको थियो । यो जितपछि सनराइजर्सको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक भएको छ भने पञ्जावले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७