जुनियर एनटीआर ऋतिक रोशनसँगै वार–२ मा देखिने


२८ चैत्र २०८०, बुधबार
05 04 2023 war 2 23376781 14354526

मुम्बई । आरआरआरको सफलतापछि जुनियर एनटीआर आफ्नो अर्को फिल्म लिएर आउँदैछन् । हाल उनको खातामा धेरै ठूला फिल्महरू छन्, जसमध्ये एक वाइआरएफ युनिभर्सको फिल्म समावेश छ । यस वर्ष उनको आगामी फिल्म ‘देवरा पार्ट १’ हो । फिल्मको काम सकिएको छ, अहिले पोस्ट प्रोडक्सनको चरणमा छ ।

यो फिल्ममा उनीसँगै जान्हवी कपुर र सैफ अली खान पनि देखिने छन् । तर जुन फिल्मकाका लागि उनी हेडलाइनमा छन्, त्यो त ऋतिक रोशनको ‘वार २’ हो । उनी केही समयअघि यो ब्रह्माण्डमा प्रवेश गरेका छन् । फिल्ममा उनी भारतीय एजेन्टको भूमिकामा देखिनेछन् भन्ने सबैलाई थाहा छ तर त्योभन्दा पनि ठूलो कुरा हुन लागेको छ । जसको बारेमा ठूलो अपडेट बाहिर आएको छ ।

ऋतिक रोशन अहिले ‘वार २’ को सुटिङमा व्यस्त छन् । केही समयअघि उनीहरुको सेटका केही तस्विरहरु पनि लिक भएका थिए । त्यसपछि उनले जुनियर एनटीआरको बडी डबलबाट सुटिङ सुरु गरेको खुलासा भयो । फिल्ममा दुबैले एक्सन सिन देखिने छन् । अभिनेता जुनियर एनआरटीको चरित्र उनले पहिले खेलेका भूमिकाहरू भन्दा धेरै फरक हुनेछ ।

जुनियर एनटीआर ‘वार २’ मा भारतीय एजेन्टमा हुनेछन् । अब सिनेजोस नामक वेबसाइटबाट एउटा रिपोर्ट आएको छ । यस अनुसार जुनियर एनटीआरको ‘वार २’ मा दोहोरो भूमिका हुने भएको छ । ऋतिक रोशन र जूनियर एनटीआरलाई यो प्यान इन्डिया मल्टिस्टारर फिल्ममा सँगै हेर्नका लागि फ्यानहरू निकै उत्साहित छन् ।

जुनियर एनटीआर फिल्ममा नकारात्मक र सकारात्मक दुवै भूमिकामा देखिने बताइएको छ । तर, फिल्ममा उनको दोस्रो भूमिका निकै महत्वपूर्ण हुने भएको छ, त्यो भने अन्तरालमा खुल्नेछ । साथै यो कथा फिल्मको एक महत्वपूर्ण भाग हुनेछ ।

जुनियर एनटीआर र ऋतिक रोशन स्क्रिन सेयर गर्दै देखिने खबर आएपछि फ्यानहरुको खुसीको सीमा रहेको छैन । वास्तवमा, यो वाइएफआर ब्रह्माण्डको महत्त्वपूर्ण फिल्महरूमध्ये एक हुन गइरहेको छ । किनकि, यसपछि शाहरुख–सलमानको ठूलो तस्विरको लागि स्टेज सेट हुनेछ । सन् २०१९ मा ‘वार’ आएको थियो, जसले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको थियो । जुनियर एनटीआरले फिल्मका लागि १०० करोड भारु लिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७