नेपालकाे वायु प्रदूषणको स्तर पाकिस्तान र भारतको भन्दा समेत खराब


२८ चैत्र २०८०, बुधबार
ktm polution scaled

काठमाडौं । नेपालको वायु प्रदूषण भारतको दिल्ली भन्दा पनि खराब देखिएको छ । सिङ्गापुरले मापन गरेको वायु शुद्धता सूचकाङ्क (एक्युआइ) अनुसार खराब वायुको सूचीमा नेपाल १ नम्बरमा परेको छ । सिङ्गापुरले रियल टाइममा वायुको गुणस्तर मापन गर्ने गर्छ । जसअनुसार नेपालको एक्युआइ २४७ रहेको छ । जुन निकै घातक हो । एक्युआइ अनुसार सय अंकभन्दा माथिलाई घातक प्रदूषित हावा मानिन्छ ।

nepal

बुधबार बिहान ९ः०१ बजेको तथ्याङ्कअनुसार भारतको नयाँ दिल्लीको एक्युआइ इन्डेक्स २०३ रहेको छ । तेस्रो नम्बरमा रहेको पाकिस्थानको प्रदूषणको अवस्था १९८ छ । चौथो नम्बरमा रहेको १८३ छ । एक्युआइअनुसार ललितपुरको खुमलटार क्षेत्रको हावा निकै विषाक्त देखिएको छ । बुधबार बिहान मापन गरिएको सूचाङ्कअनुसार त्यहाँको एक्युआइ २३६.९७ छ ।

काठमाडौंको रत्नपार्क क्षेत्रको वायु प्रदूषणको अवस्था १९८.८७, कीर्तिपुर क्षेत्रको १८५.८२, भक्तपुरको एक्युआइ १८४.२१ छ । एक्युआई २०० भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा मानिसहरुलाई घरबाट ननिस्किन सुझाव दिने गरिन्छ । एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

b

काठमाडौं उपत्यकासहित देशभर डढेलो लागेको, केही दिनयता पानी नपरेको र हावा पनि जोडले नचलेकाले वायु प्रदूषणको स्तर सुध्रिएको छैन । अहिले पनि पूर्वदेखि पश्चिमसम्मै डढेलो लागिरहेको स्याटलाइट इमेजमा देखिन्छ । आज बिहान पनि काठमाडौंमा तुवाँलो लागेको छ, केही समय आकाश खुले पनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवना नरहेको मौसमविद गोविन्द झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७