गृहमन्त्री लामिछानेको उपस्थितिमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी


२८ चैत्र २०८०, बुधबार
Goshthi

जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितमा जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । गृहमन्त्री लामिछाने र मुख्यमन्त्री सरोज कुमार यादवले गोष्ठीको उद्घाटन गरेका हुन् ।

गोष्ठीमा मधेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, प्रदेश प्रहरी कार्यालय र आठै जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी छन् । गोष्ठीमा प्रदेशको सुरक्षा चुनौती, सुरक्षा तथा विपद् व्यबस्थापन, सेवा प्रवाह र शान्ति सुरक्षा कायम राख्न अपनाइने रणनीति विषयमा छलफल हुने मधेश प्रदेश गृह मन्त्रालय सचिव विरेन्द्र कुमार यादवले जानकारी दिए ।

गोष्ठी अघि गृहमन्त्री लामिछानेले आरती साह मृत्यु प्रकरणबारे अनुसन्धानमा खटेका सुरक्षा अधिकारीसंग र मिटरब्याज पीडितहरुसंग समेत छलफल गरेका थिए । मिटरब्याजको समस्या समाधान गर्न आयोगले काम गरिरहेको र सबै पीडितलाई न्याय दिने प्रतिबद्धता गृहमन्त्री लामिछानेले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७