सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर बन्यो : चन्द्र ढकाल


२८ चैत्र २०८०, बुधबार
chandra dhakal

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो दुई वर्षमा निजी क्षेत्रले काम गर्न नपाउँदा न्युन आर्थिक वृद्धि भएको बताएका छन् । महासंघको ५८ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले यस्तो भनेका हुन् ।

अध्यक्ष ढकालले भने, ‘पछिल्लो दुई वर्षमा न्युन आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउँदा हो । सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको छ । यसमा राज्यको सम्बद्ध पक्षले ध्यान दिएन ।’ देशको अर्थतन्त्र कमजोर हुनुमा बाह्य नभइ आन्तरिक कारण नै प्रमुख रहेको उनले बताएका छन् । माटो र परिस्थिति सुहाउँदो वातावरण हुनुपर्नेमा उनले जोड दिए । अध्यक्ष ढकालले नियन्त्रणमुखी नीतिगत व्यवस्थाले आर्थिक वृद्धि माइनसमा गएको बताए ।

‘श्रीलंका बन्न सक्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरिए, यसबाट हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ’, उनले भने । अध्यक्ष ढकालले निजी क्षेत्रले आवश्यक सेवा र सुरक्षा पाउन नसकेको बताए । उनले निकै मेहनत गरी तयार पारेको एउटा व्यवसाय तथा परियोजना सरकारीतन्त्रले तहसनहस पारिदिने आरोप समेत लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७