राष्ट्रियसभा उपाध्यक्षमा एकीकृत समाजवादीले एमालेकी घिमिरेलाई मत दिने


२८ चैत्र २०८०, बुधबार
RS KTM 271712644771931copy
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ । उपाध्यक्षका लागि १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा हुने मतदानमा नेकपा एकीकृत समाजवादीले पनि दिने भएको हो ।

गठबन्धनमा भएको सहमति अनुसार एमालेकी उम्मेदवार घिमिरेलाई मत दिने एकीकृत समाजवादीकी उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले बताइन् । यसअघि उपाध्यक्षमा एकीकृत समाजवादीले पनि दाबी गर्दै आएको थियो । एमालेकी उम्मेदवार घिमिरेसँग कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछिन् । ५९ सदस्यीय राष्ट्रिय सभामा जित्नको लागि ३० मत आवश्यक पर्छ । माओवादीका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७