गृहमन्त्री भएपछि रवि लामिछानेमाथिको अनुसन्धान नै रोकियो : कांग्रेस


२८ चैत्र २०८०, बुधबार
ramhari

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको अडान राखेको छ । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम देखिएकाले उनीमाथि छानबिन गर्नुपर्ने धारणा दोहोर्‍याएका हुन् ।

उनले सरकारलाई फैसला सुनाउने नभएकाले संसदमा संसदीय छानबिन समिति गठन हुनुपर्ने धारणा राखे । ‘काठमाडौंबाट तत्कालीन सीआइबी प्रमुखको नेतृत्वमा दुई जना प्रहरीलाई सहकारी ठगीको छानबिन गर्न पोखरा पठाइयो । छानबिनले अहिलेका गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संगल्न भएको रिपोर्ट तयार हुँदै थियो । नयाँ समीकरण बनेपछि त्यो रिपोर्ट पनि परिवर्तन गर्न लगाइयो भन्ने आभास भयो । छानबिनको प्रक्रिया रोकियो’, खतिवडाले भने, ‘प्रधानमन्त्रीले संसदमा प्रधानमन्त्रीको रुपमा जवाफ दिनुहुन्छ भन्ने सोचेका थियौं तर आफ्नो गठबन्धन बिग्रन्छ भनेर गठबन्धन प्रमुखको रुपमा जवाफ दिनुभयो र हामीले संसदीय छानबिन समितिको माग गरेका हौं ।’

उनले सहकारीबाट टेलिभिजनमा लाखौं रकम लगेकाले छानबिन गर्नुपर्ने धारणा राखे । उनले संसदीय छानबिनको रिपोर्ट स्वीकार्न तयार रहेको बताए । खतिवडाले भने, ‘गल्ती छैन भने भन्न सक्नु पर्‍यो मेरो गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने कारबाही होस् ।’ उनले फैसला सुनाउने अधिकार सरकारलाई नभएको उनले बताए । गृहमन्त्रीलाई आफ्नै मन्त्रीले पैसा डुब्यो भन्दा पनि छानबिन गर्न नसकेको बताए ‘मन्त्रीले नै मेरो पैसा उठाइदिए दुई तीन लाख रुपैयाँ दिन्छु भन्नु भएछ । यो कस्तो पार्टी र सरकार रहेछ ? उनले सोधे, ‘पैसा उठाउँदा पनि पैसा दिने कुरा मन्त्रीले गरेको त्यो पनि हामी जवाफ चाहन्छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७