पोखरा महानगरका सव–इन्जिनियर घुससहित पक्राउ


२९ चैत्र २०८०, बिहीबार
money
फाइल फोटो

काठमाडौं । पोखरा महानगरपालिकामा कार्यरत सव–इन्जिनियर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर घुससहित पक्राउ परेका छन् ।

उनीहरुलाई बुधबार साँझ १ लाख ५० हजार रूपैँया घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनीहरुले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७