ठमेल वैशाख १ गतेदेखि २४ सैं घण्टा खुल्ने


२९ चैत्र २०८०, बिहीबार
thamel

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैं घण्टा खुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैं घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको जानकारी दिएको छ । नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी गरिएको छ ।

सुरक्षा र अन्य व्यवस्थापन जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने भएको छ । पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाएर लागु गर्ने तयारीमा प्रशासन रहेको छ । रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन् ।

परिषदले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सैँ घण्टा रात्रिकालीन व्यवसाय खुला गर्ने तयारी गरेको छ । ठमेलको सातघुम्ती, चाक्सीबारी, च्याठाः सोह्रखुट्टे क्षेत्र खुला गरिने भएको छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७