इलाम पुगेर गगनले भने–यो बेला उचाल्ने होइन, पहिचानको मुद्दा सम्हालेर लैजान सक्नु पर्छ


२९ चैत्र २०८०, बिहीबार
gagan thapa

इलाम । इलाम–२ को चुनावी अभियानमा पुगेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई सम्हाल्ने पार्टीको नेतृत्व चाहिएको बताएका छन् ।

आज (बिहीबार) फाकफोकथुम गाउँपालिका–३ आमचोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सम्हाल्ने नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने दाबी गरे । महामन्त्री थापाले विभिन्न जातिले उठाएको पहिचानको मुद्दालाई सम्हालेर लैजाने दल कांग्रेस नै भएको जिकिर गरे ।

यो बेलामा उचाल्ने होइन, सम्हाल्ने पार्टी चाहिएको छ । पहिचानको मुद्दालााई सम्हालेर लैजान सक्नुपर्छ । सम्हालेर लैजाने पार्टी काग्रेस हो,’ उनले भने । इलाम–२ को प्रतिनिधिसभाको उपनिर्वाचनमा कांग्रेसबाट डम्बर खड्का उम्मेदवार छन् । उनैलाई भोट माग्न महामन्त्री थापा त्यहाँ पुगेका हुन् ।

यस्तै नेकपा (एमाले)को तर्फबाट सुहाङ नेम्वाङ मैदानमा छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मिलन लिम्बू मैदानमा छन् । इलाम–२ र बझाङ–१ को प्रदेशसभा– १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७