ईशान र सूर्यकुमारको धमाकेदार पारीले मुम्बईको लागतार दोस्रो जित


३० चैत्र २०८०, शुक्रबार
mm

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले लगातार दोस्रो जित हात पारेको छ । गए राति सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैङ्गलोरलाई ७ विकेटले हराउँदै मुम्बईले लगातार दोस्रो जित हात पारेको हो ।

पछिल्लो ३ म्याच गुमाएको मुम्बई बल्ल फर्ममा आउँदैछ । टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको बैङ्गलोरले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १९६ रन बनायो । १९७ रनको लक्ष्यसहित मैदान उत्रेको मुम्बईले २७ बल बाँकी छँदै जम्मा ३ विकेट गुमाएर जित हासिल गर्‍यो ।

मुम्बईको जितका लागि ईशान किसनले सर्वाधिक ६९ रनको योगदान गरे भने फिट भएर फर्केका स्टार खेलाडी सूर्य कुमार यादवले ५२ रनको पारी खेले। त्यस्तै रोहिक शर्माले ३८ रन जोडे । त्यसअघि मैदान उत्रेको बैङ्गलोरका कप्तान फाफ डु प्लेसिसले ६१ रन बनाउँदा दिनेश कात्र्तिकले ५३ र रजत पाटिदारले ५० रन जोडे। तर, त्यो बैङ्गलोरको जितका लागि काम लागेन। मुम्बईका लागि जसप्रित बुमराह एक्लैले ५ विकेट लिए भने गेराल्ड कोत्जी, श्रेयस गोपाल र आकाश माधवलले समान एकएक विकेट हात पारे ।

हालसम्म ५ खेल खेलेको मुम्बईले २ मा जित हात पारेको छ भने ३ मा पराजित भएको छ । गए रातिको जितसँगै मुम्बई एक स्थान माथि उक्लिँदै अङ्क तालिकाको पुछारबाट चौँथो स्थानमा पुगेको छ । जबकी समान ५ खेल खेलेको बैङ्गलोर १ खेलमा जित निकाल्दै र अन्य ४ मा पराजित हुँदै अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७