काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

घरको ढोका र काटिएको बुद्धचित्त छेउमा भेटियो चार थान सकेट बम


३० चैत्र २०८०, शुक्रबार
bo

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौं पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ । बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थलमा रहेको बम निष्क्रिय गर्न पुगेको जनाइएको छ । बुद्धचित्त मालाको बोट अपरिचित समूह आई काटेको हो ।

बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको भनाइ छ । प्रहरील थप अनुसन्धान गरिरहेको छ । रुख धनी शेरबहादुर तामाङले करिब तीन महिनाअघि समिर त्रिपाठीलाई उक्त रुख तीन करोड रुपैयाँमा ठेक्कामा लगाइएको जानकारी दिए ।

‘हामीले यस पटक वार्षिक तीन करोड पाउने गरी ठेक्का लगाएका थियौँ ‘, शेरबहादुरले सुनाए । गत वर्ष उक्त रुख ९० लाख रुपैयाँ ठेक्कामा दिइएको पनि उनले बताएका छन् । तामाङका अनुसार उनका चार जना दाजुभाइमध्ये तीन जना काठमाडौंमा बस्छन् । ‘दाजु–भाउजु, बुहारी र दिदी अनि बच्चाबच्चीमात्र गाउँको घरमा हुनुहुन्थ्यो । राति हतियार देखाएर रुख काटेछन् । प्रतिकार पनि गर्न सक्ने अवस्था भएन । हामीलाई राति २ बजे रुख काटियो भनेर खबर आएको थियो’, शेरबहादुरले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७