१७२ रोपनीमा लगाइएको अफिम खेती नष्ट


३० चैत्र २०८०, शुक्रबार
aafim
फाइल फोटो

रुकुमपश्चिम । रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागुऔषध अफिमखेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यही महिना एक सय ७२ रोपनीमा लगाएको अफिमखेती नष्ट गरेको हो ।

जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँका एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

सूचना अधिकारी खड्काका अनुसार आठबीसकोट नगरपालिका–१ स्याला र २ कालजुरा भन्ने ठाउँमा ६० रोपनी, १२ नं वडाकोे कुरल र लामपुजामा ४५ रोपनीमा लगाएको अफिम खेती नष्ट गरिएको हो । त्यस्तै सानीभेरी गाउँपालिका–३ को तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसीकोट नगरपालिका–८ घोरखानीमा एक रोपनी र आठबीसकोट नगरपालिका–३ दाङ भन्ने स्थानसहित वडा नं ७ को स्यालाकोट र डाँफेमा ३७ रोपनी गरेर जम्मा एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती नष्ट गरिएको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७