दलित अभियन्ता सुनारलाई ‘साहसी युवा समाजसेवी’ अवार्ड


३० चैत्र २०८०, शुक्रबार
khagendra sunar

काठमाडौँ । ‘दलितका लागि दलित अभियान’ का संयोजक खगेन्द्र सुनारलाई ‘साहसी युवा समाजसेवी अभियन्ता अवार्ड’ प्रदान गरिएको छ । दलित समुदायको अधिकारका लागि संघर्षरत सुनारलाई न्युज एक्सप्रेस मिडिया प्रालिले सो अवार्ड दिएको हो ।

जातीय विभेद र अत्याचारविरुद्ध आवाज उठाउँदै दलित समुदायलाई सचेत बनाउने काम गरेको भन्दै उनलाई सो पुरस्कार प्रदान गरिएको हो । यही चैत २७ गते काठमाडौँमा आयोजित विशेष समारोहका बीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सुनारसहित केही सामाजिक अगुवालाई सम्मान हस्तान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७