बैसाख २ देखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय


३० चैत्र २०८०, शुक्रबार
cabinet new photo

काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । आज (शुक्रबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमै भेटवार्ता गरेका थिए ।

सो भेटपछि अध्यक्ष ओलीले कांग्रेसको अवरोधका कारण चल्न नसकेका कारण संसद अधिवेशन अन्त्य हुने प्रतिक्रिया दिएका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७