सुन्तला राष्ट्रिय फल घोषित


३० चैत्र २०८०, शुक्रबार
orange 3

काठमाडौं । मन्त्रिपरिषद बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ । आज (शुक्रबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

‘कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय भएको छ,’ उनले भनिन् । सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन लामो समयदेखि माग हुँदै आएको थियो । कृषि आनुवंशिक स्रोत केन्द्रले पनि सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन प्रस्ताव गर्दै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७