कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा नदिने


१ बैशाख २०८१, शनिबार
kedar karki

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन् । नयाँ वर्ष २०८१ को पूर्व सन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हकअधिकार स्थापित गर्न सरकार लागिपरेको बताए ।

मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार गठन गर्न वर्तमान सरकारमा सहभागी हुन आग्रह समेत गरे । उनले प्रदेशको समृद्धि, जनताको इच्छा, चाहनालाई पूरा गर्न साथ र सहयोग दिन सबै राजनीतिक दललाई अनुरोध गरेका छन् । मुख्यमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिइसकेको अवस्थामा आगामी दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने मुख्यमन्त्री कार्कीले उल्लेख गरेका ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७