देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक


१ बैशाख २०८१, शनिबार
deuwa 1
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आइतबार बिहानका लागि संसदीय दलको बैठक बोलाएका हुन् ।

संसदीय दलको बैठक बिहान ८ बजे संघीय संसद भवनमा बस्नेछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बस्ने जनाइएको छ । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछिको अवस्थाबारे छलफल गर्न देउवाले संसदीय दलको बैठक बोलाएका हुन् ।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने माग राखी संसद अवरोध गरिरहेका बेला सरकारले अधिवेशन नै अन्त्य गरिदिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७