एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित


१ बैशाख २०८१, शनिबार
deepak2024 04 13 07 04 54

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए । त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३–३ विकेट लिएका थिए । यो जितपछि समूह ‘ए’ मा रहेको नेपालको २ खेलमा ४ अंक भएको छ । नेपालले अब अर्को खेल आगामी सोमबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७