कांग्रेस संसदीय दलको बैठक बस्दै, सहकारी ठगी छानविन समितिको विषयमा होला छलफल ?


२ बैशाख २०८१, आईतवार
congress
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारले संसद्को चालु अधिवेशन आइतबारैदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो । सरकारले संसदको चालु हिउँदै अधिवेशन अन्त्यको सिफारिस अघि कांग्रेसले सहकारी ठगी प्रकरण अनुसन्धान गर्न संसदीय छानविन समिति गठनको माग गर्दै आएको थियो ।

गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको छानविनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोसपाले समेत सहकारी ठगी छानविनका लागि संसदीय समिति गठन हुनुपर्ने माग उठाएका थिए । आजको कांग्रेस वैठकले अन्योलमा परेको संसदीय छानविन समितिको आफ्नो मागका विषयमा के निर्णय गर्ला भन्ने पनि चासोको विषय बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७