नाउपाको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री, आजै दाबी पेस गर्ने बालुवाटारमा सहमति


२ बैशाख २०८१, आईतवार
prachanda kp ranjita

काठमाडौं । सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गर्ने भएको छ । उक्त प्रदेशमा मुख्यमन्त्री नाउपाले पाउने सहमति भएको हो ।

आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले जानकारी दिइन् । वैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन हो । नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७