कांग्रेस सहकारीपीडितको पक्षमा दृढतापूर्वक उभिन्छ, सरकार गैरजिम्मेवार भयो : देउवा


२ बैशाख २०८१, आईतवार
deuwa

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारीपीडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन् ।

कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगि जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्देश्यले संसद बन्द गरको आरोप लगाएका छन् ।

उनले यसबाट सरकार सहकारीपीडितको पक्षमा नरहेको पुष्टि भएको बताउदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको बताएका छन् । उनले लाखौँ सहकारीपीडितको अर्बौं बचत हिनामिना गरिएको बताउदै कांग्रेस पीडितको पक्षमा, सुशासनको पक्षमा दृढतापुर्वक उभिने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७