इरानले इजरायलमा गरेका ९९ प्रतिशत मिसाइल आक्रमण आकाशमै ध्वस्त


२ बैशाख २०८१, आईतवार
misael

काठमाडौं । इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ । गए रातिदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो ।

यहि अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि इरानले सोको बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो ।

इजरायली सेनाका अनुसार इरानले अहिलेसम्म १७० ड्रोन, ३० क्रुज मिसाइल, १२० ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको र ९९ प्रतिशतलाई आफ्नो एन्टी मिसाइल सिस्टमले आकासमै ध्वस्त बनाएको जानकारी दिएको छ । इरानले इजरायलमा आक्रमण शुरु गरेपछि संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायतले इरानको आक्रमणको निन्दा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७