कांग्रेस सांसद केसीको आरोप : वर्तमान शासन सत्ता वरपर लुटतन्त्र हाबी छ


२ बैशाख २०८१, आईतवार
Arjun narashingha

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशमा लुटतन्त्र व्याप्त भएकाले नागरिकहरू निराश रहेको बताएका छन् । आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र हाबी भएको बताए । उनले देश असन्तोष, अराजकता र बिद्रोहतिर उन्मुख भएको बताएका हुन् ।अहिलेको परिस्थितिलाई सम्हाल्न सबै राजनीतिक दलहरु एक हुनुपर्ने आवश्यकता रहेको उनले बताए । उनले देशको राष्ट्रिय अवस्था सोचेको जस्तो सहज नरहेको बताए ।

उनले भने, ‘अहिले राष्ट्रिय परिस्थिति नाजुक छ । आम जनतामा निराशा छ । असन्तोष छ । यथास्थितिवाद छ । यथास्थिति भन्नाले अहिलेको अवस्थाको बिरोधमा छ । वर्तमान शासन, सत्ताका वरपर लुटतन्त्र छ । लुटतन्त्रबाट देश वास्तवमै असन्तोष छ । त्यसैले जहाँ जहिले पनि निराशा र असन्तोष छ । असन्तोषबाट अराजकता, अराजकताबाट बिद्रोहतिर उन्मुख छ ।’ नेता केसीले परराष्ट्रनीतिलाई राष्ट्रिय सहमतिको साझा दस्ताबेज बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७