तस्वीरमा यस्तो देखियो भक्तपुरको सिन्दूर जात्रा


२ बैशाख २०८१, आईतवार
sindur jatra bkt 5 1

भक्तपुर । मध्यपुरथिमी क्षेत्रमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ सिन्दूर खेलेर जात्रा मनाएका हुन् ।

sindur jatra bkt 1

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरे जात्रा मनाइने गरिन्छ । जात्रामा विभिन्न परम्परागत बाजा बजाउँदै देवताका मूर्तिसहितको खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दलेर रमाइलो गर्ने भएकाले यसलाई सिन्दूर जात्रा भनिएको हो । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवम् फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

sindur jatra bkt 2
sindur jatra bkt 3
sindur jatra bkt 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७