सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा रञ्जिता पक्षका कैलाश चौधरीले पनि पेस गरे दाबी


२ बैशाख २०८१, आईतवार
kailash chaudhari

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका छन् । आज (आइतबार) अपरान्ह प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । चौधरी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका हुन् ।

यसअघि नाउपाकै सांसद लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनी नाउपा संरक्षक रेशम चौधरी पक्षका हुन् । लक्ष्मणकिशोरले नेपाली कांग्रेससहित दलहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् भने कैलाशलाई संघीय सत्ता गठबन्धनका केही दलको साथ रहेको छ ।

उनलाई नेकपा (माओवादी केन्द्र), नाउपा र स्वतन्त्रको समर्थन रहेको छ । एकीकृत समाजवादीले पनि आफूलाई सहयोग गर्ने आशा रहेको उनले बताएका छन् । नाउपाभित्र अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरी पक्षबीच मतभेद हुँदा दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको साथ चाहिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७