उर्जा उद्यमी गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड जरिवाना


२ बैशाख २०८१, आईतवार
guru neupane

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई आइतबार एक करोड ९९ लाख १० हजार २५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुने गरी तीन करोड ९८ लाख २० हजार ५०४ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय तथा बिगो कायम गरिएको रकम बराबरको सम्पत्ति जफतको फैसला गरेको हो ।

न्यौपाने ज्येष्ठ नागरिक भएको कारण देखाउँदै विशेषले ठहर भएको दुई वर्ष कैदलाई ५० प्रतिशत मिनाहा गरी एक वर्ष मात्र कायम हुने पनि आदेश गरेको छ । अध्यक्ष न्यौपानेले कम्पनीको शेयर पदमा बहाल रहँदाकै बेला ०७७ चैत १९ देखि ०७८ साउन २४ सम्म खरिद–बिक्री गरेको र उनले धितोपत्रसम्बन्धी ऐन ०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकाले उक्त कसुरमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७