लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायम


३ बैशाख २०८१, सोमबार
manchester

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलले आ–आफ्नो खेल हारेपछि म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायम रहेको छ ।

गए राति सम्पन्न खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १–० ले पराजित भयो भने आर्सनल एस्टन भिल्लासँग २–० गोल अन्तरले पराजित भएको थियो । यो हारले लिभरपुल र आर्सनललाई ठूलो धक्का लागेको छ ।

यस सिजनको लिग अन्तिम चरणमा रहेको र तीन क्लबबीच उपाधि जितमा प्रतिष्पर्धा रहेको बेला यो हारले म्यानचेस्टर सिटीको उपाधि जित्ने सम्भावना बढेर गएको छ । ३२ खेलपछि म्यानचेस्टर सिटीको ७३ अंक रहेको छ भने आर्सनलको ७१ अंक रहेको छ । त्यस्तै ७१ अंक नै रहेको लिभरपुलको भने गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७