अछाममा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु


३ बैशाख २०८१, सोमबार
fire

अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–६ षोडशामा घरको छानामा आगलागी हुँदा स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीय भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय अछाम प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७