एसीसी प्रिमियर कप : नेपाल र हङकङबीचको खेल बर्षाले रोकियो


३ बैशाख २०८१, सोमबार
hongkong nepal cricket

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बर्षाले समयमा हुन सकेको छैन । हाल बर्षा रोकिएको र खेल निर्धारित ११ः ४५ बजे भन्दा करिब एक घण्टा ढिला सुरु हुने बताइएको छ ।

समूह ’ए’ मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो । त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७