एसीसी प्रिमियर कप : हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य


३ बैशाख २०८१, सोमबार
Nepali Cricket Team 1

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । समूह ‘ए’ अन्तर्गत टस हारेर पहिले ब्याटिङ गरेको हङकङले तय गरिएको १७ ओभर ५ बलमा सबै विकेट गुमाएर ११४ रन बनायो ।

हङकङका लागि अन्सुमन रथले ३४ रन तथा कप्तान निजाकत खानले १२ रन बनाए । जिसन अलीले १४ रन जोडे । नेपालका लागि अविनाश बोहराले ३, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २–२ तथा करण केसीले १ विकेट हात पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७