मंगोलियाको मरुभूमिमा किन चलाइयो एकै पटक ६२ डोजर ?


३ बैशाख २०८१, सोमबार
mangolia

काठमाडौं । चीन शासित स्वायत्तता क्षेत्र भित्री मंगोलियामा चीनले सफलतापूर्वक एक करोड किलोवाट नविकरणीय विद्युत उत्पादन गरेको छ । चीनले ऊर्जा क्षेत्रमा यो अहिलेसम्मकै ठूलो उपलब्धि भएको बताएको छ । ‘हरित शक्ति प्रदर्शन परियोजना’अन्तर्गत यस क्षेत्रमा सोलार र हावाबाट विद्युत निकालिएको हो ।

चिनियाँ सञ्चारमाध्यम चाइना डेलीले भित्री मङ्गोलियाले राष्ट्रिय ऊर्जा र रणनीतिक स्रोत आधारको रूपमा आफ्नो भूमिकाको लाभ उठाइरहेको उल्लेख गरेको छ । यससँगै चीनले कुबुकी मरुभूमि र ओर्डोसको मध्य र उत्तरी भागहरूमा बलौटे र बाँझो क्षेत्रहरूमा चार ठूला हावा र सोलार प्यानल निर्माण गर्ने लक्ष्य राखेको छ ।

हावा र सोलार ऊर्जासँग मरुभूमिकरण नियन्त्रणलाई एकीकृत गर्ने परियोजनाहरू पनि सुचारू गर्ने चाइना डेलीले बताएको छ । चीनले नयाँ ऊर्जा परियोजनाहरू कार्यान्वयन गर्न प्रयासलाई तीव्रता दिएको छ । यस्तो पहलमार्फत पारम्परिक ऊर्जा उद्योगहरूलाई रूपान्तरण र स्तरोन्नति गर्ने र कार्बन तटस्थता हासिल गर्ने चीनको लक्ष्यमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७