इलाम पुगेर शेखरले भने–यो उपनिर्वाचन प्रतिष्ठाको विषय छ


३ बैशाख २०८१, सोमबार
shekhar 1

इलाम । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेता डा. शेखर कोइरालाले इलाम–२ को उपचुनावलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै कांग्रेसका हरेक कार्यकर्तालाई म नै उम्मेदवार हुँ भनेर निर्वाचनमा लाग्नु पर्ने बताएका छन् । इलाम पुगेर उनले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि इलाम–२ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नै पर्ने बताएका छन् ।

‘कांग्रेस कमजोर भयो भन्ने कुरा बाहिर आइरहेको छ, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्नेछ । हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको विषय भएको छ,’ कोइराला भने । कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टीभित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए । उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले जतिजना आकांक्षी भए पनि टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरूले मन दुखाउन नहुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७