एभर्टनको पोष्टमा चेल्सीको ६ गोल


४ बैशाख २०८१, मंगलवार
averton

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ । गए राति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६–० ले पराजित गरेको हो ।

चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक–एक गोल गरेका थिए । यो जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौ स्थानमा उक्लिएको छ । त्यसैगरी एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७