बारामा तेलको ट्यांकरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु


४ बैशाख २०८१, मंगलवार
Nepal Police

बारा । बारामा तेलको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सोमबार राति १० बजेर ४० मिनेटको समयमा जितपुर सिमरा उपमहानगरपालिका–२ दुरसञ्चार नजिक पथलैयाबाट विरगञ्जफर्त जादैँ गरेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो ।

प्रहरी जवान परियारको उपचारको क्रममा परवानीपुरस्थित एल.एस.न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जनाइएको छ । ट्याङ्करलाई नियन्त्रणमा लिएको छ भने ट्याङ्कर चालक फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७