काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण, बन्यो विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर


४ बैशाख २०८१, मंगलवार
ktm polution scaled

काठमाडौँ । काठमाडौँ विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेसँगै विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो । लगातारको धुलोधुँवा र डढेलो कारण काठमाडौँ उपत्यकाको प्रदूषणको दर उच्च तहमा पुगेको हो ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले बिहान १० बजे काठमाडौँको प्रदूषणको दर १७७ मापन गरिएको छ। जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । यस्तै विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरमा दिल्ली रहेको छ। दिल्लीको प्रदूषण तह १९७ रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा ठूलो वर्षा हालसम्म नभएका कारण प्रदूषणको तह घट्न सकेको छैन । मौमसविद् प्रतिभा मानन्धरका अनुसार आज दिनभर जसो काठमाडौँको मौसम बदली भइरहने छ । घाम छायाँ भइरहने हुँदा आज चर्को घाम लाग्ने सम्भावना नरहेको उनले बताइन् ।

उनका अनुसार काठमाडौँको स्थानीय प्रदूषणका साथै देशका विभिन्न स्थानमा लागेको डढेलो र पश्चिमी वायुको प्रभावका कारण काठमाडौँको प्रदूषणको स्तर घट्न सकेको छैन । उनले आजपनि काठमाडौँ उपत्यकाको मौसम बदली भई अपराह्न पछि छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेपनि ठूलो वर्षा नहुँदा प्रदूषणको दर घट्ने सम्भावना न्यून रहेको बताइन् ।

काठमाडौँ उपत्यकाको प्रदूषणको स्तर अहिले पनि मानव स्वास्थ्यका लागि खतराको स्तरमै रहेकाले उनले सकभर घरबाट बाहिर ननिकस्कन र निकस्नै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि सुझाव दिइन् । केही दिन अघि काठमाडौँमा परेको पानीले प्रदूषणको तह घटे पनि आज बिहानबाट फेरि काठमाडौँको प्रदूषणको तह बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७