दुई–चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौं : बास्कोटा


४ बैशाख २०८१, मंगलवार
Gokul Baskota 1

बैशाख । सत्तारुढ नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई–चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुःखद भएको बताउँदै २–४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन् :
फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो।सधैको अस्थिरता किन र केका लागि ? समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुई–चार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७