गगन थापाको प्रस्ताव : कांग्रेस–एमाले मिलौं, साना दोकान बन्द गरौंं


४ बैशाख २०८१, मंगलवार
gagan 1

कैलाली । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सिर्जना गर्नुपर्ने अवस्था रहेको बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रञ्जिता विवादलाई संकेत गर्दै उनले साना पार्टीका कारण घर झगडा बढिरहेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘साना पार्टीका कारण घर झगडा बढिरहेको छ । साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ’ उनले भने । थापाले नेपाली कांग्रेसले आगामी एक वर्षसम्म सरकारमा जान नहुने बताएका छन् । ‘२०८१ सालभरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटारतिर पनि फर्केर नहेरौँ’ उनले भने । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताएका छन् ।

गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए । उनले सरकारमा जाँदा होस् या मन्त्री बन्दा गुट बलियो बनाउने गरी लागेको आरोप लगाए । ‘हाम्रो सदस्यता वितरणबाटै गुटबन्दी सुरु हुन्छ’ उनले भने ‘कांग्रेसको सदस्य बन्न कसैलाई रोक्नु हुँदैन ।’ सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन आवश्यक रहेको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७