सामाजिक विकास कार्यालयका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


४ बैशाख २०८१, मंगलवार
Akhtiyar

काठमाडौं । ठूलीभेरी नगरपालिका–३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको आरोपमा सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख आचार्य, सब–इन्जिनियर मोतीप्रसाद बुढा र डीपीआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समिति दुनै डोल्पाका अध्यक्ष अभिषेक शाही,सचिव अपार गुरूङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले ठूलीभेरी नगरपालिका–३ दुनै,डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा २०७६÷०७७ मा लागत अनुमान र सम्झौता उल्लिखित कामभन्दा फिल्डमा भएको कामभन्दा बढी ९ लाख ९३ हजार ९ सय ४० रुपैयाँ बराबरको झुट्टा बिल भरपाइ बनाइ गैरकानुनी लाभ र हानी पुर्‍याउने बदनियतले भुक्तानी दिने÷ लिने काम गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले सामाजिक विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख आचार्यसहित पाँचजनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए । उनीहरूविरुद्ध ९ लाख ९३ हजार ९४० रुपैयाँ बिगो र जरिवाना माग दावी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७