इरानी आक्रमणको बदला लिने तयारीमा इजरायल


४ बैशाख २०८१, मंगलवार
is

काठमाडौं । इरानले इजरायली भूमिमा पहिलो पटक गरेको आक्रमणको इजरायलले प्रतिकार गर्ने निर्णय गरेको छ । प्रष्ट र निर्णायक प्रतिकार गर्ने निर्णय भएको शनिवारको इरानी आक्रमणको प्रतिकार गर्ने निर्णय इजरायली क्याबिनेटले गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

सोही निर्णयको समाचार बनाएका इजरायली मिडियाहरूले भने प्रतिकारमा इजरायले अमेरिकी साथ खोजको समाचार बनाएका छन् । इरानको सिरियाको दमास्कसमा भएको महावाणिज्य दूतावासमा गत अप्रिल १ मा इजरायलले हमला गरेको थियो । त्यसको प्रतिकारमा शनिवार इरानले पहिलो पटक इजरायलमा सयौँ ड्रोन तथा मिसाइल प्रहार गरेको थियो ।

इरानले आफ्नो मिसन पुरा भएको बताएको छ भने अमेरिकाले घटनालाई थप नबढाउन तथा इजरायली प्रतिकार भएमा अमेरिकी साथ नहुने बताएको छ । यसैबीचमा इजरायलले अमेरिकी साथ खोजेको समाचार इजरायली मिडियाहरूमा आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७