इजराइलले जवाफी कारबाहीको चेतावनी दिएपछि इरानको आणविक केन्द्र बन्द


४ बैशाख २०८१, मंगलवार
iran atomic 1200x560 1

काठमाडौं । इजराइलले जवाफी कारबाहीको चेतावनी दिएपछि इरानले आफ्नो आणविक केन्द्र बन्द गरेको छ । इरानले आइतवार इजराइलमाथि ठूलो संख्यामा ड्रोन र मिसाइल आक्रमण गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायी रूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुख राफेल ग्रोसीले बताएका छन् ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा ऐन्सी (आइएइए) का प्रमुख ग्रोसीले आक्रमाणको प्रतिशोधमा इरानी आणविक केन्द्रहरूमा इजराइली आक्रमणको सम्भावनाप्रति चिन्तित रहेको बताए ।

सिरियास्थित दमास्कसमा आफ्नो वाणिज्य दूतावासको भवनमा भएको हवाई आक्रमणको जवाफमा इरानले आइतवार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गरेको थियो । दमास्कसमा भएको इजराइली आक्रमणमा इरानका दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।

इजराइल र उसका सहयोगीहरूले इरानका अधिकांश हतियारलाई खसाएको थियो र इरानी आक्रमणमा सामान्य क्षति भएको थियो तर सम्भावित इजराइली प्रतिशोधका बारेको चिन्ताहरूले पुनः क्षेत्रीय युद्धको डर उत्पन्न गरेको छ । इजराइलले इरानमाथि आणविक बम हासिल गर्न चाहेको आरोप लगाएको छ । तर, इरानले भने उक्त आरोपलाई अस्वीकार गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७