ओलीको टिप्पणी : कतिपय सहकारी सर्वसाधरणको पैसा ठगिखाने ठाउँ बनेको छ


४ बैशाख २०८१, मंगलवार
kp oli 2

झापा । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही सहकारीमा गैरसहकारी व्यक्तिहरू प्रवेश गरेर बदनाम गराएको टिप्पणी गरेका छन् ।

एमाले झापा जिल्ला कमिटीको कार्यक्रमलाई मंगलवार सुरुङ्गामा सम्बोधन गर्दै उनले तिनै गैरसहकारी व्यक्तिले सहकारी ठगेको टिप्पणी गरे । कतिपय सहकारी सर्वसाधरणका पैसा ठगिखाने ठाउँ बनेको पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले लगाए ।
‘केही सहकारी मान्छेलाई ठगिखाने ठाउँ बनेका छन् । केहीमा भने गैरसहकारी व्यक्तिहरू पसेर बदनाम गरेर ठगेका छन् । लाखौं मान्छे लुटिएका छन् । अर्बौं लुटेका छन् । त्यो समस्याबाट मुख्य गराएर सहकारीलाई प्रभावकारी माध्यम बनाउनु पर्छ,’ उनले भने ।

अध्यक्ष ओलीले सहकारी समस्या समाधान गर्न एमालेका सबै तहका नेताले अगुवाइ गर्नुपर्नेमा जोड दिए । ओली चुनावी अभियानका लागि इलाम प्रस्थान गर्ने क्रममा झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएका हुन् । उनी मंगलवार बिहान काठमाडौंबाट झापाको चन्द्रगढी विमानस्थल हुँदै इलामको चुनावीसभामा भाग लिन हिँडेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७