यो सत्ता समीकरण ढाल्न देशी–विदेशी शक्तिले षड्यन्त्र गरिरहेका छन् : अध्यक्ष ओली


४ बैशाख २०८१, मंगलवार
kp oli 2

झापा । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता समीकरण ढाल्न देशी–विदेशी शक्तिले षड्यन्त्र गरिरहेको दाबी गरेका छन् । आज (मंगलबार) झापा जिल्ला कमिटीको बैठकमा उनले केही घटना घटिहाले अप्ठेरो नमान्न आग्रह गरे । ‘अहिले यो समीकरण ढाल्नका लागि देशी विदेशी शक्तिहरूले षड्यन्त्र गरिरहेका छन् । तर, सक्दैनन् । केही घटना घटिहाल्दा साथीहरूले अप्ठेरो नमान्नु होला, लौ बर्बाद भयो भनेर नठान्नु होला, बर्बाद हुँदैन’, ओलीले भने ।

एमालेले पहिले प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्मलिएर कांग्रेससँग सहकार्य गर्न पुगेको र अहिले देशको पक्षमा निर्णय गरेको बताए । ओलीले एमालेले गठबन्धनमा गृहसहित मन्त्रालय छाड्यो भनेर बाहिर टिप्पणी भएको भन्दै पहिलेको गठबन्धन ढाल्नु उपलब्धि भएको बताए ।

‘हामीले गठबन्धन ढाल्नु थियो, गठबन्धन ढाल्दियौँ । कुन मन्त्रालय, कुन मन्त्रालय भन्ने होइन । हाम्रो गृहमन्त्री, हाम्रो प्रधानमन्त्री हाम्रो सरकार’, उनले भने, ‘पहिले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएको थिएँ । केही अल्मलिन ुभयो, झुक्किनु भयो । फेरि हामी उहाँले कन्भिन्स गर्नुभयो । अहिले साहसिक निर्णय गर्नुभएको छ । देशको पक्षमा निर्णय गर्नुभएको छ’, ओलीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७