आइसीसीको टी– २० वरियतामा दिपेन्द्रको छलाङ


५ बैशाख २०८१, बुधबार
Deependra.jpg2024 04 17 03 04 33

काठमाडौँ । आइसीसीको टी– २० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् । आइसीसीले बुधबार सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११औ स्थानमा उक्लिएका हुन् । यसअघि २५औं स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी–२० अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन् ।

दिपेन्द्र हाल जारी एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा एक ओभरका सबै बलमा छक्का हानेर अन्तर्राष्ट्रिय रुपमै चर्चामा रहेका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इण्डिजका केरन पोलार्डपछि तेस्रो खेलाडी बनेका छन् । त्यस्तै दिपेन्द्रले टी–२० ब्याट्सम्यानको वरियतामा भने १६ स्थान सुधार गर्दै ६१औं स्थानमा रहेका छन् । त्यस्तै टी– २० ब्याट्सम्यानको वरियतामा नेपालका ओपनर आसिफ सेखले ३६ स्थानको सुधार गर्दै ७५औं स्थानमा आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७