जनकपुरमा २३ वर्षीया युवती र नौं महिनाकी बालिकाको जलिरहेको शव बरामद


६ बैशाख २०८१, बिहीबार
death woman
सांकेतिक तस्वीर

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकको रेल्वे लिक नजिकैको पोखरीको डिलमा एक युवती र बालिका जलिरहेको अवस्थामा मृत भेटिएका छन् ।

युवती र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति करिब ९ बजे प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुग्दासम्म युवती र बालिकाको ज्यान गइसकेको थियो । राति नै दुवैको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएका थियो ।

मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका–२ की २३ वर्षीया मप्रियंका महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन् । जलेर मृत्यु भएकी बालिका करिब ८-९ महिनाकी छन् । उनी मृतक युवतीकै छोरी रहेको अनुमान प्रहरीको छ । तर पुष्टि भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७